काठमाण्डौ । रंगुन खोला हाइड्रोपावर लिमिटेडले आगामी कात्तिक १३ गते विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको गत असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको सुकेधारास्थित रजिष्टर्ड कार्यालयमा अपरान्ह २ : ३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सो सभाले संस्थापक र सर्वसाधारणलाई जारी गरिने सेयर प्रतिशत संशोधन र प्रबन्ध पत्रको आवश्यक दफा संशोधन गर्ने प्रस्ताव पारित गर्ने छ ।

यसैगरी सोही सभाले अधिकृत पूँजी,जारी पूँजी र चुक्तापूँजी गर्ने र सो बमोजिम प्रबन्धपत्रको आवश्यक दफा संशोधन गर्ने प्रस्ताव पारित गर्ने  छ ।