काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्डले हिजो (जेठ ३१ गते) रसुवागढी हाइड्रोपावरलाई स्थानीयका लागि आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। 

धितोपत्र बोर्डको अनुमतिसँगै अब कम्पनीले स्थानीयका लागि ६८ करोड ४२ लाख रुपैयाँ बढीको आईपीओ जारी गर्नेछ। जसअनुसार कमपनीले १०० अंकित दरका कुल ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ निष्कासन गर्नेछ। 

यो आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।