काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद फेरि थपिएको छ।
कम्पनीले गत असार १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओको निष्कासन बन्द छिटोमा असार २७ गते हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण अब यो आईपीओको निष्कासन बन्द आज साउन १० गते बैंकिङ समयपछि हुने भनिएको छ।
अहिले फेरि यो आईपीओमा आवेदन दिने म्याद थपिएको छ। धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार अब यो आईपीओमा साउन ३१ गतेसम्म आवेदन दिन पाइनेछ।
कम्पनीले स्थानीयका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आयोजनाबाट अतिप्रभावित क्षेत्र गोसाइँकुण्ड वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरु (वडा नं. ३ बृद्धिम, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेसी र वडा नं. ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरु)ले आवेदन दिन सक्नेछन्।
बिक्री खुला गरिएको कुल १० प्रतिशत सेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाका लागि क्रमशः ४.५ः१.५ः१ अनुपातमा बाँडफाँड गरिने कम्पनीले जनाएको छ।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ७०० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
यो आईपीओको सहनिष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन्।
यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत जेठ ३१ गते निष्कासन अनुमति दिएको थियो।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago