काठमाण्डौ । शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेण्टिड लचकतासहितको एफई ५००डी ग्रेड राइनो फलामे छडको निर्माणमा पारंगत हासिल गरेको छ । उत्पादनका बारेमा प्राविधिक ज्ञान दिने सोचका साथ कम्पनीले विभिन्न स्थानमा टेक्निकल मिट (प्राविधिक सम्मेलन)को आयोजना गर्दै आइरहेको छ ।

भरखरै जगदम्बा स्टिल्सले ललितपुरमा एफई ५००डीमा आधारित राइनो फलामे छड सम्बन्धी आफ्नो टेक्निकल मिटको आयोजना गरेको छ । ‘राइनो ५००डी नयाँ पुस्ताको  उच्चशक्ति र लचकता सहितको रिब्ड रिइन्फोर्स छड हो’, टेक्निकल मिटमा बोल्दै जगदम्बा स्टिल्स प्रालिका प्रमुखकार्यकारी अधिकृत आनन्द नेपालले भने, ‘निर्माण प्रक्रिया, भौतिक तथा रासायनिक सम्मिश्रण तथा यसबाट उत्पन्न गूण लगायतका आधारमा राइनो बजारमा उपलब्ध अन्य छडभन्दा पृथक छ ।’ 

एफई ५००डी ग्रेडमा उपलब्ध राइनो फलामे छडमा सल्फर तथा फोस्फरसको मापदण्ड अनुसार अधिकतम ०.०७५ प्रतिशत मात्र सम्मिश्रण गरिएको छ । यसले गर्दा छडमा उच्चशक्ति र लचकताको सुनिश्चितता प्राप्त हुन्छ ।

यसमा उपलब्ध उच्च लचकता र शक्तिका कारण यो छड भूकम्पीय जोखिम तथा सम्भावनायुक्त नेपालका लागि उपयुक्त रहेको नेपालले बताए । यसले भूूकम्पीय जोखिमयुक्त स्थानमा भूकम्पप्रतिरोधात्मक संरचनाको निर्माण गरी जोखिमबाट जोगाउँछ ।

राइनो ५००डी फलामे छड ८ एमएमदेखि ३२ एमएम आकारमा नेपालभर छरिएका कम्पनीका बिक्री केन्द्रमार्फत उपलब्ध छन् । उपभोक्ताको आवश्यकता, माग तथा योजनाका अनुसार कम्पनीले ३६ एमएमतथा ४० एमएम आकारमा समेत यसलाई उपलब्ध गराउने गरेको छ । कम्पनीले हरेक छडलाई १२ मिटरको निर्धारित लम्बाइमा उपलब्ध गराउने गरेको छ । यसले निर्माण सामग्री खेर जानबाट जोगाउनुका साथै मापदण्ड समेत पूूर्ण गर्न सघाउँछ । 

उपभोक्ताले कम्पनीको देशभरका बिक्री केन्द्रमार्फत राइनो ५००डी फलामे छड ८ एमएमदेखि ४० एमएम आकारमा खरीद गर्न सक्छन् ।