काठमाण्डौ । राउण्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबिच सेवा आदान–प्रदानको सम्झौता भएको छ ।

राउण्ड टेबल नेपालको केन्द्रीय कार्यालय टेकुमा नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र राउण्ड टेबल नेपालका अध्यक्ष जयन्त अग्रवालले सम्झौतापत्रमा बुधबार हस्ताक्षर गरेका हुन् ।

देशका विभिन्न स्थानको प्रतिनिधित्व गर्दै ४५० भन्दा बढि यूवा एवं पुरुष सदस्य रहेको  राउण्ट टेबल नेपालका सदस्य र सदस्यका परिवारलाई सम्झौता पश्चात नेपाल मेडिसिटीले १० प्रतिशत छुट प्रदान गर्नेछ । राउण्ड टेबल एक समाजिक संस्था हो ।

ललितपुरमा रहेको नैपालकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने सुविधा सम्पन्न अस्पतालले देशैभरका नागरिकसम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेकोमा यस सम्झौताले विशेष भूमिका खेल्ने विश्वास असपतालका महाप्रबन्धक विजय रिमालले व्यक्त गरे । यस्तै, सम्झौता पश्चात राउण्ड टेबल नेपालका अध्यक्ष अग्रवालले उपत्यका बाहिर रहेका मानिसहरुलाई पनि अन्तराष्ट्रिय स्वास्थ्य सेवा प्रदान गराउन आफूले साथ दिने बताए ।