काठमाण्डौ । गैरनाफामूलक संस्था राउन्ड टेबल नेपालले देशका विभिन्न जिल्लाहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ।
अहिलेसम्म राउन्ड टेबलले ३७३ कोठासहित ४० वटा शौचालय ५८ वटा विद्यालय र अनाथालयमा निर्माण गरिसकेको छ। राउन्ड टेबल इन्टरनेसनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउन्ड टेबल नेपाल नेपालभर अहिलेसम्म ३२ च्याप्टरमा कुल ५१३ सदस्य रहेका छन्।
१८ देखि ४० वर्ष उमेर समूहका युवामात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना ‘फ्रिडम थ्रु एजुकेसन’ सञ्चालन गरिरहेको छ। संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालाय भवन) देखि आवश्यकता अनुसार शिक्षा सामग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ।
राउन्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माण गरेका छन् भने सो निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। शिक्षा क्षेत्रसंगै संस्थाले स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको छ।
खोलिएका विभिन्न स्वास्थ्यचौकीबाट हरेक वर्ष चार हजारदेखि पाँच हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नुपर्ने थ्यालेसिमिया नामक रोगका बिरामीहरुलाई लक्षित गर्दै विगत चार वर्षदेखि उपचार प्रक्रियामा सघाइरहेको छ।
त्यसैगरी कोरोना महामारीका प्रोजेक्ट लाइफ लाइनअन्तर्गत बिरामीलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख बरावरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago