काठमाण्डौ । राजनीतिको कालोछायाँ आजको सेयर बजारमा परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव परेको हो ।
संसद विघटनको सिफारिससँगै देशमा राजनीतिक अस्थिरता हाबी हुने त्रासले लगानीकर्ताको मनोबल कमजोर बनेको छ ।
राजनीतिक अस्थिरता हाबी हुँदा लगानीकर्ताहरु हतोत्साही बन्ने गर्छन् । राजनीतिक स्थिरता हुँदा लगानीको वातावरण बन्ने गर्छ । यसरी राजनीतिक घटनाक्रमको सोझो प्रभाव सेयरबजारमा पनि पर्छ ।
हुन त कतिपयले कोभिडबाट उठ्दै गरेको अर्थतन्त्रमा राजनीतिक अस्थिरताका कारण अन्य लगानीको क्षेत्र झनै डामाडोल हुने र अन्यत्र जाने लगानी पनि फेरि सेयरबजारमै थुप्रिने अनुमान गरिरहेका छन् । तर, यी अनुमानहरुलाई लगानीकर्ताहरुले पत्याइहालेका छैनन् । यसैको प्रतिक्रिया आइतबारको बजारमा देखिएको छ ।
यो समाचार तयार पार्दासम्म बजार परिसूचक(नेप्से) ६६ अंकले घटिसकेको छ । बजारमा गएको यो भीषण पहिरो नियमित करेक्सन नभई संसद विघटनको कालो खबरकै प्रभाव रहेको विश्लेषकहरु बताउँछन् ।
आइतबार कारोबार सकिन सवा एकघण्टा बाँकी छँदा ५ अर्ब ३२ करोडको सेयर कारोबार भइसकेको छ । यसमा बिक्री गर्नेहरुको अत्यधिक चाप देखिन्छ ।
जलविद्युत समूह, अन्य समूह, बैंकिंग लगायतका समूहहरुमा भीषण पहिरो गएको छ । नेप्सेका सबै १२ वटै उपसमूहमा रातो पोतिएको छ । सेयर बजारका लगानीकर्ताले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको निर्णयलाई रातो झण्डा देखाएको रुपमा यसलाई बुझ्न सकिन्छ ।
नेपालमा मात्र नभई, विश्वका सबै देशमा राजनीतिक हलचल हुँदा त्यसको प्रभाव पूँजीबजारमा पर्ने गर्छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago