काठमाण्डौ। धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ।
आज नेप्से परिसूचकमा २१.५८ अंकको करेक्सन आएको हो। योसँगै परिसूचक २४८५.०९ को विन्दुमा झरेको छ। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७० अंकले ओरालो लागेर ४४९.६८ को विन्दुमा समेटिएको छ। यो दिन ५ अर्ब रुपैयाँको हाराहारीमा सेयर किनबेच भएको छ।
बुलिस बजारमा करेक्सन आउनु सामान्य रहेको बजार विश्लेषक प्रेम ओली बताउँछन्। ‘त्यसो त यो फेब्रुअरी र मार्च महिना बजारमा करेन्स आउने समय नै हो’, उनले भने, ‘यतिबेला कम्पनीहरुले धमाधम बोनस सेयर सेयरधनीहरुको खाता पठाइरहेका छन्, यस्तो बेला लगानीकर्ताहरुले प्रफिट बुक गर्न बोनस सेयरहरु बेच्न थाल्छन्। जसले गर्दा बढ्दो बजारमा सामान्य प्रभाव पर्नु स्वभाविकै हो।’
मार्चपछि फेरि बजार माथि नै जाने ओलीको तर्क छ। ‘सदन आजबाट सुरु हुँदैछ, केही निर्णयहरु होलान्’, उनले भने, ‘अबको १ हप्ताभित्र राजनीतिक निकास आउन सक्ने हुँदा बजारले कु्न दिशा भनेर द्विविधामा पर्न आवश्यक छैन, बजारले सकारात्मक गति अवश्य लिन्छ।’
राजनीतिक अन्यौलताले आमलगानी गर्दा अमलमल परेको देखिएको ओली बताउँछन्। ‘यही कारण केही दिनयता सेयर कारोबार घट्न पुगेको हो’, उनले भने, ‘तर गत सातामा जस्तो बजारमा अब प्यानिक सेल आउँदैन।’
बजार घट्दा सेयर किन्ने अवसर हुने हुँदा सक्दो सेयर उठाउने पर्ने ओलीको भनाइ छ। ‘यस्तो बेला सेयर होल्ड गर्नसके पछि राम्रै फाइदा हुन्छ’, उनले भने।
बजार जानकार भेषराज पौडेल बजारले करेक्सनको ट्रेन्ड लिएजस्तो देखिएको बताउँछन्। ‘अझै केही दिन बजारमा करेक्सन आउन सक्छ’, उनले भने, ‘तर पछि बजार माथि नै जाने हो, आत्तिहाल्नुपर्ने अवस्था भने छैन।’
नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्र हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह ५०.१५ अंकले उकालो लाग्दा जलविद्युत् समूह १८.३४ अंकले बढेको छ।
आज जीवन बीमा समूहमा सर्वाधिक ३०६.१२ अंकले ओरालो लागेको छ। व्यापार समूह १८१.४८ अंक घट्दा बैंकिङ समूहमा १२.४१ अंक, विकास बैंक समूहमा ५.५६ अंक, वित्त समूहमा ३.२६ अंक, निर्जीवन बीमा समूहमा ८५.५१ अंक, उत्पादन तथा प्रशोधन समूहमा ८२.२९ अंक, अन्य समूहमा १७.७१ अंक, लघुवित्त समूहमा ५१.७९ अंक, म्युचुअल फन्ड समूहमा ०.०२ अंक र लगानी समूहमा १.७५ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २११ कम्पनीका १ करोड १७ लाख ७८ हजार ८२० कित्ता सेयर ५ अर्ब ५४ लाख ६६ हजार ४८० रुपैयाँमा किनबेच भएको छ।
यो दिन निफ्राको सर्वाधिक ४२ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बैंकको ३९ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको आज माथिल्लो तामाकोशीको २४ करोड २३ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १७ करोड १३ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १५ करोड ७६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १४ करोड ७१ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ११ करोड ३८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ९६ लाख रुपैयाँ र नेपाल टेलिकमको १० करोड ४६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३ वटा कम्पनीका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो दिन चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलपर र राइराङ हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएको हो।
यो दिन नेसनल हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago