Niraj Giri
काठमाण्डौ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले आन्तरिक राजश्व विभागले बोनस र हकप्रद सेयरमा अग्रिम पूँजीगत लाभकर असूल्न दिएको निर्देशनलाई ‘सही र लामो समयदेखि चल्दै आएको कर छल्ने प्रवृतिविरुद्धको व्यवस्था’ भनेका छन् ।
बिजशालासँग कुरा गर्दै प्रवक्ता गिरीले यसअघिको व्यवस्थामा भएको कमजोरीको फाइदा उठाउँदै कतिपय ब्रोकरहरुकै योजनामा क्यापिटल गेन ट्याक्स छल्ने अवस्था रहेकोले त्यो संभावनालाई अन्त गर्दै नयाँ निर्देशन आएको र यो सही रहेको जिकिर गरे ।
‘पहिला बोनस र हकप्रद सेयर दिएपछि हुने मूल्य समायोजनलाई आधार मानेर क्यापिटल गेन ट्याक्स तिर्नुपथ्र्यो ।’ उनले भने–‘तर अब १०० रुपैयाँलाई आधार मूल्य मानेर त्यसपछिको थप मूल्यमा चाहि पूँजीगत लाभकर तिर्नुपर्ने भयो ।’
उनले नयाँ व्यवस्थाले कर छल्ने प्रवृतिलाई निरुत्साहित गरे पनि लगानीकर्ताको लागत चाहि बढेको बताए । ‘पहिला एडजस्टेड प्राइसका आधारमा कर तिर्दा कम पथ्र्यो ।’ उनले थपे–‘यसै पनि पूँजीगत लाभकर ५ बाट बढेर ७.५ प्रतिशत पुर्याइएको बेला यो व्यवस्थाले लगानीकर्ताको लागत थप बढाइदिएको छ ।’
आन्तरिक राजश्व विभागले धितोपत्र बोर्ड, नेप्से र सिडिएसीलाई पत्राचार गरी आइतबारदेखि नै अग्रिम कर असुल्न निर्देशन दिएको हो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19