काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा लक्षित राजस्व उठाउन सकेको छैन ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकका अनुसार समीक्षा अवधिमा सरकारले लक्षित राजस्व उठाउन असमर्थ देखिएको हो ।
संघीय सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्ममा ५ खर्ब १८ अर्ब १५ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्षित राजस्वको ३५.१९ प्रतिशत हुन आउँछ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकका अनुसार पुस मसान्तसम्ममा राजस्वतर्फ कर शीर्षकमा ४ खर्ब ४३ अर्ब ५५ करोड २० लाख रुपैयाँ सङ्कलन भएको छ भने गैरकरतर्फ ५२ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ (लक्ष्यको ४५.२३ प्रतिशत) र अनुदानतर्फ जम्मा २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ प्राप्त भएको छ ।
सरकारले राजस्व, गैरराजस्व तथा अनुदान गरी १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19