nepal stock exchange limited
-भक्तराज रसाइली
काठमाण्डौ । सेयर बजारमा धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौ६को अवधि टीप्लस वान बनाउने आफ्नै माग पूरा हुने अवस्थामा लगानीकर्तासँग सम्बद्ध विभिन्न संगठनका नेता किन पछाटि हटे ? सो व्यवस्था कार्यान्वयनको मुखमा नेताहरुले त्यसप्रति राखेको असहमतिको खबर बाहिरिएसँगै धेरैमा यो जिज्ञासाले घर गर्यो ।
लगानीकर्ताका एक नेताले यसको रहस्य खुलाएका छन् । सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बिजशालासँग कुरा गर्दै टी प्लस वानको व्यवस्थाप्रति अन्तिम अवस्थामा आफूहरुले असहमति जनाउनुपर्ने कारण बताएका हुन् ।
टी प्लस वानमा लगानीकर्ताहरुले आफूले सेयर किन्दा सोही दिन नै भुक्तानी गर्नुपर्ने, तर सेयर बिक्री गर्दा चाहि ३ दिनपछि मात्रै सेयर बेचेको पैसा हात पर्ने भएकाले आफूहरुले यो विषयमा असहमति जनाएको अर्यालले दाबी गरे ।
नेप्सेले गत सोमबार आफ्नो कार्यालयमा डाकेको बैठकमा टीप्लस वानको कार्यान्वयनका लागि भएको छलफलमा संघका नेताहरूले टीप्लस वान राफसाफ चक्र लागू हुँदा लगानीकर्ताले सेयर खरिद गर्दा ब्रोकरलाई आजै भुक्तानी दिनुपर्ने र बिक्री बापतको रकम भने ३ दिनपछि मात्रै हात पर्ने भएकाले यो किसिमको व्यवस्थाले असमान व्यवहार भएको भन्दै आपत्ति जनाएका थिए । लगानीकर्ताका नेताको सोही आपत्तिका कारण सो दिनको छलफल निश्कर्षविहीन बन्न पुगेको अध्यक्ष अर्यालको भनाई छ ।
लगानीकर्ताले बेचेको सेयरको पैसा ३ दिनपछि मात्र हात लाग्ने अवस्थाका पछाडि नेप्सेले केही कठिनाईहरु देखाए पनि त्यसमा आफूहरु सहमति हुन नसकेको अर्याल बताउँछन् ।
‘हामीले बरु इन्ट्राडे कार्यान्वयनमा ल्याउनुहोस् भनेका छौ।’ बिजशालासँगको विशेष अन्तर्वार्तामा अर्यालले भने–‘हाम्रो ४ वटै संघसंगठनको भोलि(शुक्रबार) बैठक बस्दैछ र हामी पनि सेयर बेचेको भोलिपल्टै लगानीकर्ताले पैसा पाउनुपर्ने गरी टीप्लस वान कार्यान्वयन हुनुपर्ने निर्णयमा पुग्दैछौ ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago