काठमाण्डौ । नोभेल कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सिडिएस एण्ड क्लियरिगं लिमिटेडले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट स्थगन गरेको छ ।
आज मंगलबारबाट आगामी चैत १८ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने नेपाल सरकारबाट आदेश भए अनुसार सिडिएससीले धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट कार्य आगामी चैत १८ गतेसम्मका लागि स्थगित गरिएको एक सूचना जारी गरेको हो ।
सूचनाअनुसार गत बिहीबारको दिन भएको कारोबार हिजो सोमबार सेटलमेन्ट भइसकेको छ । बूक क्लोज मिति सरेपछि शुक्रबारको सेटलमेन्ट लकडाउन खुलेको दिन हुुने सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
गत आइतबार सम्पन्न भएको धितोपत्र कारोबारको सेटलमेन्ट भने लकडाउन खुलेको भोलिपल्ट हुने उनको भनाई छ ।
अरु बेला पनि मंगलबार धितोपत्र कारोबारको सेटलमेन्ट हुँदैन । शुक्रबार सेयर कारोबार नहुने भएकाले टीप्लस थ्री चक्रमा आज सेटलमेन्टको दिन पथ्र्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago