काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले आज नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) तथा आईएमईपे, खल्ती, प्रभुपे र नेपाल पेटाइम लगायतका विभिन्न भुक्तानी सेवा प्रदायक (पीएसपीहरू) सँग छुट्टाछुट्टै तीन–पक्षीय सम्झौता गरेको छ। यसले वालेटका ग्राहकलाई सोझै आफ्नो वालेटबाट राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संकलन गर्दै आएको सम्बन्धित राजस्व खातामा एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।
सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, एनसीएचएलका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीे, खल्तीका तर्फबाट प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल रटेरिया, आईएमई डिजिटल सोल्युसन लिमिटेडका तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका तर्फबाट अध्यक्ष कुसुम लामा र नेपाल पेटाइमका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मल्लिका भट्टराईले हस्ताक्षर गरेका छन्।
महालेखा नियन्त्रक कार्यालयद्वारा हालै जारी गरिएको निर्देशनअनुसार पीएसपीहरुमार्फत पनि सरकारी राजस्व संकलन गर्न अनुमति प्रदान गरिएको हो र आजको यस राष्ट्रिय वाणिज्य बैंक, एनसीएचएल र विभिन्न पीएसपीहरु बीचको सहकार्यले सरकारी राजस्व भुक्तानीका लागि पनि अन्तरआबद्घता स्थापित गरेको छ। यसले सरकारको डिजिटलाइजेसनको पहललाई थप टेवा पुर्याउँदै राजस्व संकलन विद्युतिय माध्यमबाट गर्न थप प्रवद्र्घन गर्ने विश्वास गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago