काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७ औँ वार्षिकोत्सवका अवसरमा ‘स्मार्ट क्यूआर टेलर’ सेवा लागू गरेको छ।
बैंकले आफ्ना ग्राहकलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले गत माघ १० गतेबाट सेवाको शुुभारम्भ गरेको हो। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सेवाको शुभारम्भ गरेका हुन्।
बैंकले मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले आफ्नो मोबाइलबाट बैंक काउन्टरमा उपलब्ध क्यूआरस्क्यान गरी २ लाख रुपैपाँसम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरुको काउन्टरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ। अब सीमित कारोबरका लागि बैंकमा चेक बोकेर गइरहनु नपर्ने बैंकले जनाएको छ।
बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा (यूएसएसडी) सेवाको गत माघ १० गतेबाटै शुभारम्भ गरेको छ।
हाल देशभर बैंकका २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउन्टर र ९८ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19