काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। 

रावा इनर्जी नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट ८ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको हो। अब यो कम्पनीले १०० अंकित दरका कुल ८ लाख ४० हजार कित्ता आईपीओ बिक्री स्थानीय र सर्वसाधारणका लागि खुला गर्नेछ। 

यो आईपीओ चुक्तापुँजीको ३० प्रतिशतबराबर हुन आउँछ। 

यो कम्पनीमा ७० प्रतिशत सेयर हिस्सा संस्थापक समूहको रहेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २८ करोड रुपैयाँ पुग्नेछ। 

रावा इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। 

यो कम्पनीको  खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकास्थित रावा खोलामा ३ मेगावाटको माथिल्लो रावाखोला साना जलविद्युत आयोजना सञ्चालनमा रहेको छ।