काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र गोरखा जिल्लाका तीन पालिका गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगर, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा र बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि पालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ र तिनै उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्ने छ। सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधनसमेत) अन्तर्गत व्यावसाायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास लिइएको छ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यसले उद्यमी र बैंकबीचको खाडल हटाउन सहयोग पुग्ने बताए।
गोरखा नगरपालिकाका मेयर रानामगरले नगरपालिकाले कृषिमा व्यावसायीकरण, पर्यटन र साना उद्योगको प्रवर्द्धनमा लिएको नीति तथा कार्यक्रम लागू गर्न सघाउ पुग्ने बताए।
भीमसेन थापा गाउँपालिकाका अध्यक्ष बन्जाराले सम्झौताले उद्यमशीलता बढाई गरिबी हटाउन सहयोग पुग्ने बताए।
बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष भट्टले बारपाक २०७२ सालको भूकम्पपीडित क्षेत्र भएकाले पालिका क्षेत्रको आर्थिक पुनःउद्धारमा सहयोग पुग्ने बताए।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन सहुलियतपूर्ण कर्जा प्रवाहको पृष्ठभूमिका बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा संविधानसभा सदस्य कृष्ण धितालले सम्झौता कार्यन्वयनका लागि शुभकामना व्यक्त गरे।
ब्रान्च अपरेसन विभागका प्रमुख सरोज वस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, पालिकाका पदाधिकारी तथा कर्मचारीलगायतको उपस्थिति थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago