काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाण्डौमा सम्पन्न भएको एसियन पेन्ट्स ‘न्यु बिज बिजनेस कन्क्लेभ एन्ड अवार्डस्’ कार्यक्रममा ‘थर्ड मेस्ट म्यानेज्ड कमर्सियल बैंक अफ दि इअर–२०२२’ अवार्ड प्राप्त गरेको छ।
यो अवार्ड बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरेका थिए।
अर्थमन्त्री जनार्दन शर्माबाट उद्घादित कार्यक्रममा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शमशेर राणालाई व्यावसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै लाइफ टाइम एचिभमेन्ट इन बिजनेस लिडरसिप अवार्ड प्रदान गरिएको थियो।
सन् २०१३ देखि न्यु बिनेस एज प्रालिले व्यावसायिक संस्थाहरुको गरेको विभिन्न व्यावसायिक कार्य प्रगतिका आधारमा अवार्डस् प्रदान गर्दै आइरेको आयोजकले जनाएको छ।
कार्यक्रममा विभिन्न ८ विधामा अवार्ड प्रदान गरिएको थियो।
हाल वाणिज्य बैंकको सातै प्रदेशका ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवा रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago