काठमाण्डौ । राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त भएका छन्। 

आज बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र महतलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो। ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पूर्वसीईओ हुन् भने शाक्य पूर्वराजदूत हुन्। 

बैठकले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल–बहराइन परामर्श संयन्त्रसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ। 

ऊर्जा मन्त्रालयअन्तर्गत अमरपुर ढुंडगेसाँगु आयोजनाका बनाउन जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाउने, श्रीलंकाको राष्ट्रिय स्वतन्त्रता दिवसमा परराष्ट्रमन्त्री जानेलगायतका निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ।