काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजनबीच २०८० सालको लागि व्यवसाय प्रवर्द्धनका लागि टीभीसी प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले हस्ताक्षर गरेका छन्। सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टीभीसी नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बीचमा प्रसारण गर्नेछ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापश्चात दुवै संस्थाको व्यवसाय वृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरतालगायतको कार्यक्रमलाई टेलिभिजनमार्फत नागरिकमा पुर्याउन सहयोग पूग्ने बताए।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले दुवै सरकारी संस्थाको धेरै अवस्था मिल्ने बताउँदै राष्ट्र र जनताप्रतिको दायित्व पूरा गर्न सहयोग पुग्ने बताए।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख अच्युत गौतम, कम्पनी सचिव हेमराज खरेल, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापालगायत दुवै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्यूआर कोड सेवा, पीओएस (प्वइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ (आरबीबी डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने यूएसएसडी बैंकिङ सेवाहरुसमेत सञ्चालनमा रहेका छन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19