काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रको व्यावसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै यही असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरुलाई छुट दिने निर्णय गरेको छ।
ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सूक्ष्म निगरानी, कमसल, शंकास्पद, खराब) जतिसुकै अवधिको ओभरड्यु, नर्मल तथा पेनल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिने बैंकले जनाएको छ। ब्याज छुट रकम सम्बन्धित ऋणीको खातामा फिर्ता वा जम्मा गरिने बैंकले जनाएको छ। बैंक यो अवसरको लाभ लिन सम्बन्धित सम्पूर्ण ऋणीहरुलाई अनुरोध गर्दछ।
बैंकले बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २७२ वटा शाखा कार्यालय, ५४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्यूआर कोड सेवा, पीओएस (प्वइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ (आरबीबी डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने यूएसएसडी बैंकिङ सेवाहरुसमेत सञ्चालनमा रहेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago