काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पपीडितको सहायताका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। 

बैंक सञ्चालक समिति सदस्य दिलीपकुमार ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई मंगलबार एक कार्यक्रमका बीच उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्पपीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकका तर्फबाट १ करोड रुपैयाँ मंगलबार ट्रान्सफर गरेको छ। भूकम्पका कारण मृत्यु हुने नागरिकहरुप्रति बैंकले श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ। यसका साथै बैंक घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दछ।

कार्यक्रममा मुख्य सचिव डा. वैकुण्ठ अर्याल, स्वकीय सचिव गंगा दाहाल, बैंक सञ्चालक समिति सदस्यहरु रोमिला ढकाल उप्रेती, सुशील घिमिरे र लक्ष्मण घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, सिंहदरबार परिसर शाखाका प्रबन्धक अनिश रायमाझी, सहायक प्रबन्धक ईश्वर उप्रेती, सन्दीप अर्याल, गगन लोहारको उपस्थिति थियो।