काठमाण्डौ। सर्वोच्च अदालतले करिब दुई दशकअघिको राष्ट्रिय वाणिज्य बैंक घोटाला प्रकरणका आरोपितलाई दोषी ठहर गरेको छ ।
विशेष अदालतले उक्त घोटाला प्रकरणका अभियुक्तलाई दोषी ठहर गरेकोमा उक्त फैसलालाई सर्बोच्च अदालतले पनि सदर गरेको हो ।सर्वोच्चले विराटनगरका मंगतुराम व्यवसायी समूहका चार जना दाजुभाई र राष्ट्रिय वाणिज्य बैंकका चार जना कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बिगो दाबी गर्दै दायर गरेको भ्रष्टाचार मुद्दामा व्यवसायी मंगतुराम अग्रवाल र उनका छोराहरु सुबोध कुमार अग्रवाल, सुरेश कुमार अग्रवाल, कृष्ण कुमार अग्रवाल, नारायण अग्रवाल र दामोदर अग्रवाललाई विशेष अदालतले दोषी ठहर गरेको थियो ।
न्यायाधीश प्रकाशमानसिंह राउत र डा कुमार चुडालको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गरेको हो । फैसला अनुसार अब अभियुक्तहरु १/१ वर्ष कैद बस्नुपर्नेछ ।
विवादास्पद ढंगले ऋण प्रवाह गरेको आरोपमा उक्त बैंकको रानी शाखाका ६ जना कर्मचारीहरु पनि दोषी ठहर भएका छन् । शाखाका प्रबन्धकहरु राधाप्रसाद साह र शिवचरण मण्डल, सहायक प्रवन्धक चन्द्रलाल अमात्य, लेखा अधिकृत भैरवप्रसाद पोखरेललाई विशेष अदालतले ६/६ महिनाको कैद सजाय सुनाएको छ ।
बैंकका सहलेखा अधिकृत बीरेन्द्रलाल छोटे र कामू सहलेखा अधिकृत श्यामकुमार श्रेष्ठलाई विशेष अदालतले सफाइ दिएको थियो ।अभियुक्तहरुले नक्कली र झुटो कागजातका आधारमा ऋण लिएको निष्कर्षसहित २०६२ साल जेठ १९ गते अख्तियारले भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको थियो ।
विशेष अदालतले २०६२ सालमा दर्ता भएको मुद्दाको २०६८ साल वैशाख ८ गते फैसला गरेको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19