काठमाडौँ । सरकारी स्वामीत्वको राष्ट्रिय बीमा संस्थानले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा राम्रो प्रगति हात पारकेो छ । यस अवधिमा संस्थानले १ करोड ४७ लाख खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिका तुलनामा यस वर्ष कम्पनीको नाफामा १ सय २२ दशमलव ४२ प्रतिशत बढी नाफा आर्जन गरेको हो । गत वर्ष कम्पनीले ६६ लाख १० हजार ८३ रुपैयाँमात्र खुद मुनाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीले २ अर्ब ३३  करोड रुपैया बीमाशुल्क आम्दानी गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले १ अर्ब ९९ करोड बीमाशुल्क आम्दानी गरको थियो । कम्पनीको जीवन बीमाकोषमा  १४ अर्ब ३ करोड रुपैयाँको रहेको छ । 


कम्पनीले यस आवको पहिलो नौ महिनाको अवसिम्ममा २ अर्ब ६० करोड दाबी भुक्तानी गरेको छ । गत वर्ष कम्पनीले २ अर्ब ९३ करोड दाबी भुक्तानी गरेको थियो ।


कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख रहेको छ । गत वर्ष ९३ लाख मात्र चुक्ता पूँजी रहेको कम्पनीको चुक्ता पूँजी यस वर्ष करीव साढे १९ गुणा बढीको भारी वृद्धि भएको छ । कम्पनीमा १६ अर्ब ४७ करोड जगेडा कोषमा रकम सुुरक्षित रहेको छ ।