काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच २०७८ सालका लागि टीभीसी प्रसारण गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र बिष्टले हस्ताक्षर गरेका छन्। सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टीभीसी नेपाल टेलिभिजनबाट दैनिक १४ पटक लामो समाचार अगाडि प्रसारण गर्नेछ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौतापश्चात बैंकको व्यवसाय वृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गरे।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष बिष्टले दुवै संस्थाको विश्वास र इमेज बढेर जाने बताए।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकरी अधिकृतद्धय सरस्वती अधिकारी र देवेशप्रसाद लोहनी, विभागीय प्रमुख सरोज बस्नेत, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापालगायत दुबै संस्थाका कर्मचारीहरुको उपस्थिति थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19