काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ‘८.५ प्रतिशत आरबीबीएल डिबेन्चर, २०८३’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोबार हुन सक्ने गरी सोमबार सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरेका छन्।
बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदरको कुल २ अर्ब ५० करोड रुपैयाँ (२५ लाख इकाइ) मूल्यबराबरको ऋणपत्र बिक्री गत जेठ २८ गतेदेखि असार ८ गतेसम्म बिक्री गरेको थियो। यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने बैंकले जनाएको छ।
उक्त सम्झौतापत्र आदानप्रदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतद्वय सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख पवन रेग्मी, नेप्सेका प्रविन पन्दाक, भेषराज खनाल, आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेललगायतको उपस्थिति थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19