काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय परीक्षा बोर्डबीच पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंगलबार हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौता भएपश्चात दुई वर्ष सेवाअवधि पूरा गरेका बोर्डका कर्मचारीहरुलाई बोर्डको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही बैंकले पेसाकर्मी सरल कर्जा प्रवाह गर्नेछ। बैंकले आधारदरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ।
हाल बैंकको आधारदर ५.५१ प्रतिशत रहेको छ। सम्झौताअनुसार बोर्डको कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ। यस सम्भौतापश्चात दुवै पक्ष लाभान्वित भई बोर्डका कर्मचारीहरुको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बिद्यार्थीहरुले बोर्डलाई बुझाउने शुल्कहरुलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्ने व्यवस्था गर्न दुवै संस्था मिलेर अगाडि बढ्ने बताए।
बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले दुई संस्थाबीचको लामो सम्बन्धलाई व्यवहारिक र बस्तुपरक बनाउँदै लैजाने बताए।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र बोर्डका लेखा नियन्त्रक राजु कार्कीले कार्यक्रमको विषयवस्तुबारे प्रकाश पारेका थिए।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, विभागीय प्रमुख पवन रेग्मी, राज्यलक्ष्मी खड्गी, शाखा प्रबन्धक सरोज कोईराला, उपप्रबन्धक खिलराज भट्टराईलगायत कर्मचारीहरुको उपस्थिति थियो। बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago