काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७ औँ वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकका लागि मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिस्ट्रेसन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको छ।
बैंकले वार्षिकोत्सवका अवसरमा २०७८ माघ १ गतेदखि चैतमसान्तसम्म लागू हुने गरी मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। यसका साथै डिम्याट रजिस्ट्रेसन शुल्कमा १०० प्रतिशत छुट गर्ने निर्णय बैंकले गरेको छ।
आगामी माघ १० गतेबाट राष्ट्रिय वाणिज्य बैंक ५६ वर्ष पूरा गरी ५७ औँ वर्षमा प्रवेश गर्दैछ। बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19