काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा औधी आकर्षण देखिएको छ । हिजो रातभरिमा यो आइपीओमा थप ५ लाख ३६ हजारभन्दा बढीले आवेदन दिएका छन् ।
एकैरातमा यति धेरै आवेदन परेको संभवत यो नै पहिलो घटना भएको बिक्री प्रबन्धकको दाबी छ ।
यो कम्पनीको आइपीओ निष्कासनको पहिलो दिन अर्थात हिजो साँझ ६ बजेसम्म मागभन्दा झन्डै ११ गुणा बढी आवेदन परेको थियो । सीडीएससीका अनुसार हिजो साँझ ६ बजेसम्म यो आईपीओमा ७ लाख २८ हजार १९३ आवेदकबाट ८६ लाख ४८ हजार ४९० कित्ता माग भएको थियो।
तर, आज बिहान १० बजेसम्ममा यो कम्पनीको आइपीओमा १२ लाख ६४ हजार ६९३ भन्दा बढी आवेदकले आवेदन दिएका छन् । बिहान १० बजेसम्म करिब १ करोड ५० लाख कित्ता खरीदका लागि आवेदन परिसकेको छ ।
आइपीओमा आवेदन खुलेको आज दोश्रो दिन भएकोले अझै बढीको आवेदन पर्ने निश्चित छ ।
यो कम्पनीले फागुन ४ गतेबाट जारी पुँजी २६ करोडको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको छ
संस्थाले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको छ भने ०.५ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ। बाँकी ७ लाख ९४ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
दोश्रो दिनको सुरुवातमै आईपीओमा मागभन्दा औधी बढी आवेदन परेकोले यसको बाँडफाँड पनि गोलाप्रथाबाट नै हुने निश्चित भएको छ । यो कम्पनीले निकै थोरै कित्ता मात्र निश्कासन गरेकोले आवेदन दिएकामध्ये निकै कमले मात्र आइपीओ पाउनेछन् । आइपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था छन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ।
राष्ट्र उत्थान लघुवित्तको यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago