काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा थामिनसक्नु आवेदन परेको छ ।
शुक्रबार बिहान १० बजेसम्म यो कम्पनीको आइपीओमा मागभन्दा करिब २८ गुणा बढी आवेदन परेको हो ।
सिडिएससीका अनुसार १८ लाख ८९ हजार ७०० आवेदकबाट २ करोड २१ लाख ५१ हजार ६०० कित्ता खरीदका लागि आवेदन परिसकेको छ ।
आइपीओमा आवेदन खुलेको आज तेश्रो दिन भएकोले अझै बढीको आवेदन पर्ने निश्चित छ ।
यो कम्पनीले फागुन ४ गतेबाट जारी पुँजी २६ करोडको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको छ
संस्थाले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको छ भने ०.५ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ। बाँकी ७ लाख ९४ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
दोश्रो दिनको सुरुवातमै आईपीओमा मागभन्दा औधी बढी आवेदन परेकोले यसको बाँडफाँड पनि गोलाप्रथाबाट नै हुने निश्चित भएको छ । यो कम्पनीले निकै थोरै कित्ता मात्र निश्कासन गरेकोले आवेदन दिएकामध्ये निकै कमले मात्र आइपीओ पाउनेछन् । आइपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था छन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago