काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।

राष्ट्र बैंकले गत कात्तिक १३ गते पत्र पठाउँदा आरएमडीसीलाई प्रस्तावित लाभांश स्वीकृत गरिएको जानकारी गराएको हो। आरएमडीसीले गत वर्षको मुनाफाबाट चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने बोनस सेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। 

राष्ट्र बैंकको स्वीकृतिसँगै अब आरएमडीसीले आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन गर्दै सेयरधनीहरुलाई वितरण गर्नेछ।