काठमाण्डौ । सेयर धितो कर्जाको सीमाविरुद्ध आन्दोलनरत लगानीकर्ताहरुलाई नियामक निकायहरुले वार्ताका लागि बोलाएका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल राष्ट्र बैंकले आन्दोलन लगानीकर्ताहरुलाई वार्तामा बोलाएको हो। ‘दुवै निकायले हामीलाई भोलि (सोमबार) वार्ताका लागि बोलाएका छन्’, पुँजीबजार सुधार संघर्ष समितिको सहसंयोजक रोहन कार्कीले भने, ‘दुवै निकाय हाम्रा मागका सम्बोधनमा सकारात्मक छन्। हाम्रो आन्दोलन निष्कर्षमा पुग्ने हामीलाई विश्वास छ।’
कार्कीका अनुसार सुरुमा लगानीकर्ता र राष्ट्र बैंकबीच वार्ता हुनेछ। ‘त्यसपछि धितोपत्र बोर्डसँर्ग वार्ता गर्ने कार्यक्रम छ’, उनले भने।
रामकृष्ण ढकालको संयोजकत्वमा गठित संघर्ष समितिको अगुवाइमा लगानीकर्ताले सेयर धितो कर्जाको सीमाको व्यवस्था खारेजीसँगै विभिन्न १८ बुँदे माग राख्दै गत भदौ २३ गतेबाट माइतीघर मण्डलामा रिले अनशन जारी राखेका छन्।
गत भदौ २१ गते संघर्ष समितिकै नेतृत्वमा नेपाल राष्ट्र बैंक घेराउ गर्नुका साथै १८ बुँदे ज्ञापनत्रसमेत बुझाएका थिए। तर राष्ट्र बैंक माग सम्बोधन नगरेको भन्दै लगानीकर्ताहरुले माइतीघर मण्डलामा रिले अनशन सुरु गरेका हुन्।
आफूहरुको माग पूरा भएन भदौ ३० गतेबाट अमरण अनशन थाल्ने चेतावनी लगानीकर्ताहरुले दिएका छन्।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago