काठमाण्डौ । सरकारले किसानलाई रासायनिक मलमा दिँदै आएको अनुदान घटाउँदा मूल्य बढेको छ।
बढी अनुदानमा मल वितरण गर्दा मलको अभाव भएको भन्दै सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान घटाएको हो। सोमबार बसेको विभागीय मन्त्रीस्तरको बैठकले राति १२ बजेदेखि लागू हुने गरी मलको नयाँ मूल्य तोकिएको छ।
गत फागुन ८ गते अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चितता गरिँदा रासायिनक मलमा दिँदै आएको अनुदान लागतको ५० प्रतिशतभन्दा बढी नहुने गरी निर्णय भएको थियो। रासायिनक मलको बढ्दो माग, बढ्दो अन्तर्राष्ट्रिय मूल्य र रासायनिक मलमा बढी अनुदान रकमलाई ध्यानमा राख्दै अनुदान रकम घटाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
अनुदान मल सस्तो भएकाले कालो बजारी बढेको गुनासो बढेपछि यस्तो निर्णय गर्नुपरेको मन्त्रालयको भनाइ छ। अनुदान घटाएपछि मल व्यवस्थापन गर्न सहज हुने सरकारको ठहर छ।
हाल सरकारले मलमा ७०.८२ प्रतिशत अनुदान दिँदै आएको थियो। जसमा युरियामा ८० प्रतिशत, डीएपीमा ६० प्रतिशत र पोटासमा ५९ प्रतिशत थियो। यो अनुदानअनुसार किसानले युरिया प्रतिककेजी १४ रुपैयाँ, डिएपी ४३ रुपैयाँ र पोटास ३१ रुपैयाँ तिर्दै आएका थिए।
नयाँ मूल्यअनुसार भने अब किसानले प्रतिकेजी युरिया २५ रुपैयाँ, डीएपी ५० रुपैयाँ र पोटासका लागि ४० रुपैयाँ तिर्नुपर्नेछ।
यस निर्णयअगाडि सहकारी डिलरहरुले कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ कर्पोरेसनबाट पुरानो मूल्यमा खरिद गरेको मल भने साविककै अनुदान मूल्य बेच्न मन्त्रालयले पत्राचार गरिसकेको छ।
हाल नेपालमा वार्षिक ५ लाख २० हजार मेट्रिक टन मलको आवश्यकता पर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago