काठमाण्डौ । राहत वितरण रोकिएपछि विभिन्न शिविरमा आश्रय लिइरहेका भुटानी शरणार्थी मारमा परेका छन् । उनीहरुले पाँच दिन देखि रासन बुझेका छैनन् । 

संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्याक्रम (डब्लुएफपी) ले शरणार्थीलाई रासन उपलब्ध गराउँदै आएको थियो । बेलडाँगी र मोरङको पथरी शनिश्चरेस्थित शिविरमा बस्दै आएका शरणार्थीले पेटभरि खान पाएका छैनन् । 

जसोतसो खोले खाएर दिन कटाइरहेको उनीहरु बताउँछन् । प्रर्याप्त खाना नपाउँदा वृद्धवृद्धा, बालाबालिका र अशक्तमा समस्या देखिन थालेको छ। कमजोरीले बालबालिका विद्यालय जान नसक्ने भएका छन् । 

डब्लुएफपीले वितरण गर्दै आएको न्युनतम राहतसमेत कटौती भएपछि शरणार्थीले रासन लिन अस्वीकार गर्दै आएका हुन् । यसले गर्दा १० हजार दुई सय ६५ भुटानी शरणार्थी बस्दै आएको शिविरमा मानवीय संकट उत्पन्न हुने खतरा बढ्दै गएको छ । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।