काठमाण्डौ । राहदानी विभाग सार्वजनिक बिदा भएको दिन आइतबार पनि खुल्ने भएको छ। 

विभागले आइतबार पनि सेवा सुचारु राख्ने निर्णय गरेको हो। विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार यो निर्णय गरिएको विभागले जनाएको छ। 

विभागमा सेवाग्राहीको चाप बढिरहेको छ। सोही कारणले विभागले आइतबार पनि सेवा प्रदान गरी सेवाग्राहीलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन लागेको हो। यही जेठ १५ गतेदेखि अर्को व्यवस्था नभएसम्म हरेक आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभाग खोलिने जनाइएको हो।