काठमाण्डौ । राहदानी विभागले आफ्नो छुटेको गहना लिन आउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ। 

विभागले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको छ। विभाग परिसरमा कुनै व्यक्तिले भूलवश आफ्नो गहना छुटाएको सूचनामा उल्लेख छ। 

विगत तीन सातादेखि उक्त गहना राहदानी विभागमा सुरक्षित रहेको छ। उक्त गहना जो–कसैको हो सम्बन्धित व्यक्ति स्वयं नै उपस्थित भई लिन आउन सूचना आग्रह गरेको छ। 

गहना लिन आउँदा स–प्रमाण आफ्नो दाबी प्रस्तुत गर्न राहदानी विभागको प्रशासन शाखामा सम्पर्क गर्न विभागले आग्रह गरेको छ।