काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिन जेठ ४ गते (बुधबार) साँझसम्म ८ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि गत वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। 

कम्पनीले १०० अंकित दरका कुल २७ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको थियो। कुल कित्तामध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा १८ लाख ३८ हजार ४३१ आवेदकबाट २ करोड ११ लाख ३२ हजार ८२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ८.३२ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। गोलाप्रथाबाट २ लाख ५३ हजार ८९० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

रिभर फल्सको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत चैत १० गते निष्कासन अनुमति दिएको थियो।