काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओ आज सोमबार बाँडफाँड गरिने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा रिभर फल्स पावरको आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो ४ बजे राखिएको छ।
कम्पनीले गत वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल २७ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको थियो। कुल कित्तामध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको थियो। बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
निष्कासनको अन्तिम दिन साँझ ५ बजेसम्म यो आईपीओमा १८ लाख ३८ हजार ४३१ आवेदकबाट २ करोड ११ लाख ३२ हजार ८२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ८.३२ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने छ। गोलाप्रथाबाट २ लाख ५३ हजार ८९० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने झन्डै १६ लाख आवेदकको हात खालि हुने भएको छ।
यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत चैत १० गते निष्कासन अनुमति दिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago