काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ।
यो कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएसँगै भोलिबाट कारोबारमा आउने भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउनेछ।
यो कम्पनीको कुल ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३५ लाख ७० हजार कित्ता, सर्वसाधारणको (सामूहिक लगानी कोष र कर्मचारीसहित) २७ लाख ३० हजार कित्ता र स्थानीयको ७ लाख कित्ता सेयर छन्।
नेप्सेले यो कम्पनीलाई ‘आरएफपीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि न्यूनतम ८७.९८ रुपैयाँदेखि अधिकतममा २६३.९४ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ।
यदि भोलि स्पेसल प्रि–ओपनिङ सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र कारोबार भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।
यो कम्पनीले गत वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने गत जेठ ९ गते भएको थियो।
यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago