काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा आज बिहीबारबाट कारोबारमा आएको छ।
नेप्सेले यो कम्पनीलाई ‘आरएफपीएल’ कारोबार संकेत प्रदान गरेको छ। नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम ८७.९८ रुपैयाँदेखि अधिकतममा २६३.९४ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो।
आज स्पेसल प्रि–ओपनिङ सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता २६३.९० रुपैयाँमा किनबेच भएको थियो। नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएकोले यो कम्पनीको सेयर नियमित समयका लागि कारोबारमा आएको हो।
यो कम्पनीको आईपीओ हिजो नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। कम्पनीको कुल ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३५ लाख ७० हजार कित्ता, सर्वसाधारणको (सामूहिक लगानी कोष र कर्मचारीसहित) २७ लाख ३० हजार कित्ता र स्थानीयको ७ लाख कित्ता सेयर छन्।
यो कम्पनीले गत वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने गत जेठ ९ गते भएको थियो।
यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19