काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (वैशाख ११ गते) अन्तिम दिन रहेको छ।
यो कम्पनीले गत चैत २७ गतेबाट जारी पुँजी ७० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ७ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ७ लाख कित्ता आईपीओ जारी गरेको छ। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन सकिने आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।
रिभर फल्सको आईपीओमा स्थानीय न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्।
यो आईपीओमा रिभर फल्स आयोजनाको कार्यालय (संखुवासभा), प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदबारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदबारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19