काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिकोत्सवका अवसरमा  रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा उपस्थित १०२ मध्ये ७८ जनाले रक्तदान गरेका थिए । कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा रिलायन्स साथी, संघसंस्थाका प्रतिनिधि र कर्मचारीको उपस्थिति थियो ।