काठमाण्डौ । सेयर धितो कर्जाको सीमाविरुद्ध आन्दोलनरत लगानीकर्ताले आजबाट माइतीघर मण्डलामा रिले अनसन सुरु गरेका छन्।
रामकृष्ण ढकालको संयोजकत्वमा गठित पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले आज दिउँसो ४ बजेबाट माइतीघर मण्डलामा रिले अनसन सुरु गरेका हुन्। आजबाट भदौ २९ गतेसम्म दिउँसो ३ बजेबाट साँझ ५ बजेसम्म रिले अनसन गर्ने भनिए पनि वर्षाका कारण केही ढिलाइ भएको हो।
आफूहरुले नेपाल राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाएको २ दिन बित्दा पनि माग सम्बोधन नभएको रिले अनसन गर्न बाध्य भएको संयोजक ढकालले बताए। ‘यदि यो अवधिमा हाम्रा माग पूरा नभए भदौ ३० गतेबाट आमरण अनसनसहित कडा आन्दोलन सुरु गर्न बाध्य हुने छौँ’, उनले भने।
आजको अनसनमा थुप्रै लगानीकर्ताको सहभागिता थियो। उनीहरुले विभिन्न नारा लगाउँदै प्रदर्शनसमेत गरेका थिए।
गत सोमबार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले राष्ट्र बैंक घेराउ गर्दै प्रवक्ता देवकुमार ढकाललाई १८ बुँदे ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझ्दै प्रवक्ता ढकालले गभर्नर बजारप्रति सकारात्मक भएकाले बजार सुधारका लागि उचित कदम चलाइने आश्वासनसमेत दिएका थिए।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19