काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले रु. ८ करोड बढीको आईपीओ निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले गत माघ २१ गते यो कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसँगै अब यो कम्पनी कुल ८ करोड १५ लाख ४१ हजार १०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ।
कम्पनीले कुल ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्कासन गर्ने छ। यो चुक्तापुँजीको २० प्रतिशतबराबर हुन आउँछ।
कुल कित्तामध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि रु. १०० अंकित दरका ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गर्नेछ।
दोस्रो चरणमा भने सर्वसाधारणका लागि कम्पनीले अंकित दरमा रु. २० प्रिमियम थपेर रु. १२० का दरले ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्नेछ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago