काठमाण्डौ। रसियाले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाललाई उपलब्ध गराउने भएको छ।
रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले नेपालमा उक्त परिमाणमा त्यहाँ विकसित कोरोनाविरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ को डोज उपलब्ध गर्ने सहमति जनाएको हो। आरडीआईएफल नेपालमा ट्रिनिटी फर्मास्ट्युकल्समार्फत खोप आपूर्ति गर्ने सहमति जनाएको छ।
आरडीआईएफद्वारा जारी प्रेस विज्ञप्तिअनुसार यो सहमतिसँग नेपालको ९० प्रतिशत जनसंख्यामा स्पुतनिक भी भ्याक्सिनको पहुँच पुग्नेछ। विज्ञप्तिमा यो कोरोनाविरुद्धको भ्याक्सिन सुरक्षित र प्रभावकारी हुने दाबी पनि गरिएको छ।
हाल पहिलो र दोस्रो चरणको क्लिनिकल ट्रायलपछि यो भ्याक्सिनको अन्तिम अर्थात तेस्रो चरणको क्लिनिकल ट्रायल भइरहेको छ। यो अन्तिम चरणको ट्रायलमा ४० हजार स्वयंसेवकमाथि यो भ्याक्सिनको परीक्षण भइरहेको रुसका स्वास्थ्य अधिकारीहरुले बताएका छन्। यो अन्तिम चरणको ट्रायलको नतिजा आउँदो अक्टोबर–नोभेम्बरसम्म बाहिर आउने बताइएको छ।
अन्तिम चरणको ट्रायलको सफल परीक्षणपछि यो भ्याक्सिन छिटोभन्दा छिटो नेपालमा आपूर्ति गरिने ट्रिनिटी फर्मास्ट्युकलले जनाएका छ। यद्यपि यो भ्याक्सिन नेपालमा आपूर्ति गर्न स्वास्थ्य मन्त्रालयको अनुमति भने आवश्यक पर्छ। यो भ्याक्सिनको सफल परीक्षण भएमात्र यसलाई नेपालमा आपूर्ति गर्ने विषयमा छलफल गरी निर्णय लिने सकिने स्वास्थ्य विभागका अधिकारीहरु बताएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago