काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता रु.१३०० भन्दा बढीमा कारोबार भइरहेको वोमी माइक्रोफाइनान्सको ११ हजार ५ सय ४५ कित्ता सेयर लिलामीमा आउने भएको छ ।
यो माइक्रोफाइनान्सले आगामी साउन १५ देखि संस्थापक समूहको ३ हजार ८ सय ८२ दशमलव ८० कित्ता र साधारण समूहको ७ हजार ६ सय ६२ दशमलव २० कित्ता सेयर लिलामीमा ल्याउने भएको हो ।
यो कम्पनीले गत जेठ १६ देखि असार १९ गतेसम्म २ लाख ३३ हजार २ सय ८० कित्ता हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा सेयरधनीले नकिनेका कित्ता लिलामीबाट बिक्री गर्न लागिएको हो ।
इच्छुकले न्यूनत १०० कित्ताका लागि न्यूनतम १०० रुपैयाँ मूल्य राखेर बिड गर्न सक्नेछन् ।
सिद्धार्थ क्यापिटल लिमीटेडले यो प्रक्रियामा बिक्री प्रबन्धकको काम गर्नेछ ।
कम्पनीको लिलामीबाट सबै सेयर बिक्री भई ३० प्रतिशत हकप्रदको पूँजीकरण भएपछि हाल कायम ७ करोड ७७ लाख चुक्तापूँजी बढेर १० करोड १० लाखको उचाईमा पुग्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago