काठमाण्डौ । कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आज अर्थात् सोमबार बैकिङ समयसम्म रहेको छ ।

कम्पनीले गत कात्तिक २ गतेबाट ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा निष्कासन बन्द लम्ब्याएर कात्तिक १६ गतेसम्म हुने भनिएकोमा मागबमोजिम आवेदन परेकाले बिक्री बन्द गरिएको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ। 

कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गरेको हो। यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरी बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको छ। 

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतममा २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। 

कम्पनीको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।