काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १ अर्ब ६० करोड रुपैयाँबराबरको एनआईबिएल ग्रोथ फन्डलाई निष्कासन अनुमति दिएको छ। 

सेबोनले आइतबार (मंसिर १८ गते) यो फन्डलाई निष्कासन अनुमति दिएको हो। योसँगै अब एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १६ करोड इकाइको बिक्री खुला गरिनेछ। 

यो एउटा बन्दमुखी योजना हो। यसको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेन्ट बैंक र योजना व्यवसथापकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेका छन्।