काठमाण्डौ । धितोपत्र बोर्डले अर्को म्युचुअल फण्डलाई समेत स्वीकृत  गरेको छ । 

बोर्डले सिटिजन्स म्युचुअल फण्ड-२ लाई इकाई निश्कासनका लागि स्वीकृति दिएको हो । 

यो म्युचुअल फण्ड सीबीआइएल क्यापिटलको व्यवस्थापन र सिटिजन्स बैंक इन्टरनेशनलको प्रयोजनमा संचालनमा आउनेछ ।

यो स्किम १ अर्ब रुपैयाँको हो । प्रति इकाई १० रुपैयाँको दरले कुल १० करोड इकाई निश्कासन हुनेछ ।

सीबीआइएल क्यापिटलले यसअघि ८२ करोड रुपैयाँ आकारको सिटिजन्स म्युचुअल फण्ड १ संचालन गरिसकेको छ । यो स्किमको प्रति इकाई खूद सम्पत्ति मूल्य १०.६३ रुपैयाँ रहेको छ ।