काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘कुमारी सबल योजना’को निष्कासन प्रक्रिया अगाडि बढाइएको छ।

कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेको कुमारी सबल योजनाको निष्कासन प्रक्रिया अगाडि बढेको हो। यो योजना निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा गत असोज २९ गते निवेदन परेको छ। 

सेबोनले अनुमति दिएमा १ अर्ब रुपैयाँबराबरको यो योजनाका इकाइहरु निष्कासन गरिनेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोइ इकाइको सार्वजनिक निष्कासन गरिनेछ। 

यो योजना बन्दीमुखी हो।