काठमाण्डौ । हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘हिमालयन ८०–२०’ म्युचुअल फन्डले निष्कासन अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले यो म्युचुअल फन्डका इकाइहरु निष्कासनको अनुमति दिएको हो। 

योजना व्यवस्थापन हिमालयन क्यापिटलले अब यो योजनाको कुल १ अर्ब रुपैयाँबराबरको इकाइ निष्कासन गर्नेछ। जसअन्तर्गत १० रुपैयाँ दरका कुल १० करोड इकाइ बिक्री गरिनेछ। 

यो बन्दमुखी योजना हो। यो योजनाको कोष प्रवर्द्धकमा हिमालयन बैंक रहेको छ।